Nepal Tug of War Association (NTWA)

Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.

With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.

2080-11-12 राष्ट्रिय डोरी तान प्रतियोगिता विराटनगरमा हुने

विराटनगर । राष्ट्रिय डोरी तान प्रतियोगिता विराटनगरमा हुने भएको छ । पहिलो पटक कोशी प्रदेशमा डोरी तानको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाल डोरी तान संघ र कोसी प्रदेश डोरी तान संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।यही फागुन १८ र १९ गते प्रतियोगिता आयोजना हुने संघकी कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले जानकारी गराइन् ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा सात प्रदेशका ७ वटा टिम तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाको विभागीय टोली सहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख र उपविजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थितिमा समापन कार्यक्रममा विजेतालाई नगद सहित मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिने उनको भनाई छ ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको डोरी तान सङ्घले यो बिचमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत जितिसकेको आयोजकको दाबी छ । आयोजक नेपाल डोरी तान सङ्घका उपाध्यक्ष सुवास पोखरेलले सङ्घले दोस्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार, गत वर्ष राष्ट्रिय प्रतियोगिता काठमाडौँमा भएको थियो । प्रतियोगिताको माध्यमाबाट यो खेललाई प्रवर्द्धन गर्दै देश भरी नै पु¥याउने गरी अहिले सङ्घले काम गरिरहेको बताए। अहिले ४४ जिल्लामा सङ्घ बनेर गतिविधिहरू भइरहेको पोखरेलको भनाई छ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिब १९ लाख लाग्ने आयोजकको अनुमान छ।

UPCOMING EVENTS

1.jpg