2075-10-18
01 Feb, 2019
सुनसरी जिल्ला डोरीतान संघकाे प्रथम जिल्ला अधिवेशन मिति २०७५ साल माघ १८ गते सम्पन्न भएको थियो । प्रथम जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो ।

अधिवेशनबाट सुनसरी जिल्ला डाेरीतान संघको उपाध्यक्षमा रमेशबावु थापा, सचिवमा युवराज चौधरी, कोषाध्यक्ष सिर्जना भट्टराई, सदस्यहरु सन्तोष तामाङ, अशोक कुमार चौधरी, पुकार पोखरेल, अनुप चौधरी र कृष्ण तामाङ निर्वाचित भएका छन् ।
कार्यसमितिमा थप एक जना उपाध्यक्ष र दुइ जना सदस्य मनाेेनित हुनेछन् । साथै अन्य तीन जना पदेन सदस्य नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट जिल्ला स्तरीय प्रतिनिधि रहने जानकारी सचिव युवराज चाैधरीले दिनु भयाे ।
अधिवेशनको दुहबी नगरपालीकाका मेयर बेद नारायण गच्छदारले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलको विकास प्रवर्धनमा नगरपालिकाले विषेश योजना ल्याउने बताए । नेपाल डोरीतान संघका केन्द्रिय सदस्य सत्य नारायण चौधरीले खेल क्षेत्रले अन्तराष्ट्रिय जगतमा नेपालको शिर उचो राख्दै आएको बताए । उनले डोरीतान खेल देशका सवै जिल्लामा पुर्याउने संघको योजना रहेको बताए ।


