2076-01-23 Itahari Sub-Metropolitan City Tug of War Committee formed

6 May 2019
2076-01-23

सुनसरी जिल्ला डोरीतान सघं उपाध्यक्ष रमेश बाबू थापा ज्युको सभापतित्वमा भएको इटहरीको सभ्य भब्य भेलाबाट डोरी तान सघं ईटहरीका अध्यक्षमा सुनिल कार्की चयन भएका छन्। प्रन्ध सदस्य रहने कार्य समितिमा उपाध्यक्ष :जितेन राई, जिनिट राई, सचिव:मुकुल काफ्ले , कोषाध्यक्ष :करूणा पराजुली , सदस्य :राम अधिकारी , मनाई चाैधरी , लक्ष्मण कार्की, शिव नारायण चाैधरी, अमीत दाहाल , सुजन चाैधरी , खडग कुमारी बि क , होमनाथ धमला लगायतका सदस्यहरू चयन भएका छन।


डोरी तान सघं केन्द्रीय उपाध्यक्ष डा.सुभाष श्री प्रोखरेल ज्युको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो भने उहाँले यो खेल राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको पुरानो खेल मध्येको एक खेल भएको र हाल सम्म २२वटा जिल्लामा बिस्तार गरि सकेको र अन्य जिल्लामा पनि खेलको कमिटी गठन गर्ने जानकारी गराउनु भयो। कार्यक्रममा मनमोहन स्पोर्ट्स एकेडेमीका सचिव हुमा भण्डारी ,डोरी तान सघ जिल्ला सचिव युवराज चाैधरी ,रेफ्री कृष्ण राम अधिकारी लगातय को उपस्थित रहेको थियो।