2076-05-25 14 औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई बिदाई

11 Sept 2019
2076-05-25

सुनसरी जिल्ला डोरीतान संघको संयोजन तथा नेपाल डोरीतान संघको नेतृत्वमा थाईल्याण्डमा यहि सेप्टेम्वर 14 र 15 मा हुन लागेको 14 औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई मोरंग जिल्ला डोरीतान संघले शुभकामना तथा बिदाई कार्यक्रम मार्फत बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जीवन घिमिरे ज्यूले टिमलाई नेपालको झण्डा हस्तान्तरण गर्दै शुभकामना तथा हौसला प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष डा. सुवाषश्री पोख्रेल ज्यूले पनि शुभकामना प्रदान गर्नु भएको थियो । 20 ओटा राष्ट्र प्रतिष्पर्धामा उत्रिने प्रतियोगितामा भाग लिनका लागि नेपालको टिममा छनौटमा परेका खेलाडीहरू युवराज चौधरी (कप्तान), सन्तोष तामांग, अशोक चौधरी, कृष्ण बोगटी, सुजन भुर्तेल, ईमरान मिया, महेश चौधरी, रवी कार्की, कृष्ण योञ्जन, दिपक घिमिरे, निरञ्जन बिश्वास, मिनराज शर्मा बेलबासे रहेका छन् भने निश्चलराज शाक्य (मेनेजर) र सुर्य भट्टराई (कोच) का रूपमा रहने छन् ।