16 Nov 2019
३० कार्तिक 2076 , विराटनगर ।
विराटनगरमा जिल्ला स्तरिय डोरीतान प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न भएको छ । विराटनगर डोरीतान समितिले आयोजना गरेको उक्त प्रतियोगिताको मजा लिन शहिद रंगशालामा शनिबार दिउँसो दर्शकहरुको राम्रै उपस्थिति थियो । विराटनगरमा यस मौलिकता बोकेको डोरीतान खेलको व्यवसायिक रुपमा संचालन गर्न सकिने आजको यस प्रतियोगिताको थालनीबाट प्रष्टिएको छ।
प्रदेश नं.१ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेज्यूको प्रमुख आतिथ्यमा सुरु गरिएको जिल्ला स्तरिय डोरीतान प्रतियोगितामा पत्रकार महासंघ मोरंग, नेपाल बन पैदावार तथा उद्योग संघ ,उद्योग संगठन मोरंग , बिराट ब्यापार संघ , प्रदेश नं.१ सचिवालय , मोडर्न एर स्कुल , इडेन नेसनल बोर्डिंग स्कुल , मानागढ़ खानेपानी आयोजना , प्रदेश नं.१ निर्माण व्यवसायी संघ लगायत ११ टोलीको सहभागिता रहेको थियो ।
विराटनगर डोरीतान प्रतियोगिताको उद्घाटन खेल प्रदेश नं.१ का सांसदहरुको दुई समूह विभाजन गरेर गरिएको थियो । प्रतियोगिताको उपाधि नेपाल बन पैदावार उद्योग संघले हात पारेको छ । फाइनल खेलमा नेपाल बन पैदावर तथा उद्योग संघले मोडर्न एरा स्कुललाई २-१ को सेटमा पन्छाउदै उपाधि चुमेको हो । विजेता टोलीले ५१ हजार रुपैयाँ हात पार्यो भने दोश्रो हुने मोडर्न एरा स्कुलले ३१ हजार रुपैयाँमै चित्त बुझायो ।
यस प्रतियोगितामा सुनसरी जिल्ला डाेरीतान संघका श्री सन्तोष तामाङ, श्री अशोक कुमार चौधरी, श्री रवी कार्की लगायतले निर्णायकको भुमिका निभाउनु भएको थियो ।






