2076-10-07
21 Jan 2020
आज मिति २०७६ माघ ७ गते सुनसरी जिल्ला डोरीतान संघको कार्यसमितिको बैठकले दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता मिति २०७६ फाल्गुन २३ र २४ गते तदानुसार सन् २०२० को मार्च ६ र ७ तारिखका दिन अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियमानुसार लिग फरम्याटमा आयोजना गरिने र प्रतियोगितामा भाग लिनका लागि बिदेशी टिमहरुलाई नेपाल डोरीतान संघ मार्फत निमन्त्रणा गरिने जानकारी सचिव युवराज चौधरीले दिनु भयो ।


