2076-11-23 Patna India wins 2nd Manmohan International Gold Cup

कोचिला एफएम, दुहबी २३ गते ।

सुनसरीको दुहबीमा भएको दोस्रो मनमोहन अन्तर्रा्ष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पीयनसिप प्रतियोगिता २०७६ को उपाधि भारतको पटनाले जितहात पारेका छन् । कोरोना भाइरसको प्रकोपका कारण २ दिन सम्म हुने भएको खेल आयोजकले १ दिन मै खेलको नतिजा ल्याएको मुख्य आयोजक सुनसरी जिल्ला डोरीतान सँघका अध्यक्ष निश्चलराज शाक्यले बताए ।

नेपालको प्रदेश नं.१ का टिमले उप विजेतामा चित्त बुझाएका छन् । डोरीतानको प्रथम उपाधिको राशि नगद रु एक लाख सहित मेडल र प्रमाण पत्र रहेका छन् भने उपविजेता टिमले नगद रु ५० हजार सहित मेडल र प्रमाण पत्र हासिल गर्न सफल भएको आयोजकले जानकारी दिएका छन् । डोरीतान प्रतियोगिताको आयोजना सुनसरी जिल्ला डोरीतान संघ तथा मनमोहन स्पोर्ट्स एकेडेमी र मोरङ्ग जिल्ला डोरीतानको सँयुक्त आयोजनामा भहेको थियो भने सँयोजनमा दुहबी नगरपालिका ,बुढीगंगा गाउँपालिका , ग्रामथान गाउँपालिका, इनरुवा नगरपालिका , लगाएत गढी गाउँपालिका, रामधुनि नगरपालिका ,बेलबारी नगरपालिकाहरुको थियो ।

दोस्रो मनमोहन अन्तर्रा्ष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पीयनसिप प्रतियोगिताकोे प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले सम्पुर्ण खेलाडि तथा दर्शकहरुलाई शुभकामना दिंदै अगामि दिनहरुमा अरुखेलहरुमा दुहबी नगरपालिकाले जुन रुपमा सहयोग गर्दै आईरहेको छ त्यस अनुसारमा डोरीतान प्रतियोगितालाई पनि अत्मसाथ लिई आफनो व्यक्तिगत तथा दुहबी नगरपालिकाबाट सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी दोस्रो मनमोहन अन्तर्रा्ष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पीयनसिप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिमा रहनु भएका पुर्व सामान्य तथा प्रशासन मंन्त्रि माननिय लालबाबु पण्डितले पनि सम्पुर्ण खेल प्रेमिहरुलाई शुभकामना दिंदै दुहबी नगरपालिका खेल क्षेत्रमा एक छुटै पहिचान बनाएकोमा नगरबासीहरुलाई शुभकामना दिनुभएको छ । साथै डोरीतान खेललाई आफुले गर्न सक्ने सहयोगको वचा गरेको आयोजकले जानकारी दिएको छ ।