2077-12-12 तेस्रो मनमोहन अन्तराष्ट्रिय डोरी तान गोल्डकप सम्बन्धी पत्रकार सम्मेलन

काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।


प्रतियोगितामा आयोजक एक टोली, पाँच प्रादेशिक टोली, (प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेश), तीन विभागीय टोली, भूपू ब्रिटिस गोर्खा टिम र भारतका २ टोली गरि कुल १२ टोली छन् । प्रतियोगिता नकआउट ब्रेष्ट थ्री मा सञ्चालन हुने छ । प्रतियोगिता विजेताले १ लाख र उप विजेताले ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिता कुल अनुमानित खर्च ३० लाख ४२ हजार छ । आयोजकले प्रदेशका टोलीमा खेलाडी स्कुलदेखिनै छनोट गर्ने जनाएको छ । यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा राम्रो खेलाडी उत्पादन हुने आयोजकले विश्वास राखेको छ ।

164505028 4013339748716817 2262375499737613752 n

164839917 4013339205383538 2458190683074897091 n

164769155 4013339405383518 7512915149018522515 n

165219804 4013339088716883 8045823534243757166 n