निजगढ नगरपालिका स्तरीय डोरीतान प्रतियोगिता २०८०
मितिः २०८० चैत्र ३ गते
आयोजकः निजगढ डोरीतान नगर समिति
आयोजना स्थलः श्री गौरीशंकर मा.वि.को प्राङ्गण, निजगढ न.पा. वडा नं. ८
समूहः पूरुष ६०० केजी, महिला ६०० केजी
पूरुष ६०० केजी तर्फ सहभागि टिमहरुः निजगढ वडा नं. ५, निजगढ वडा नं. ४, निजगढ वडा नं. ७, गौरीशंकर मा.वि. र आयोजक गरी जम्मा ५ टिम
महिला ६०० केजी सहभागि टिमहरुः निजगढ वडा नं. ९ लालिगुराँस समूह, निजगढ वडा नं. ५ बल्खु टोल, निजगढ वडा नं. ४ कटडीया टोल, निजगढ वडा नं. ४ समाजसुधार समूह, निजगढ वडा नं. ८, माझी टोल समूह, आयोजक टिम
विजेताः
पूरुष तर्फः निजगढ वडा नं. ५, पुरस्कारः रु १५००० मेडल, ट्रफी र प्रमाणपत्र
महिला तर्फः निजगढ वडा नं. ९ लालिगुराँस समूह, पुरस्कारः रु १५००० मेडल, ट्रफी र प्रमाणपत्र
उपविजेताः
पूरुष तर्फः आयोजक, पुरस्कारः रु १०००० मेडल, ट्रफी र प्रमाणपत्र
महिला तर्फः निजगढ वडा नं. ५ बल्खु टोल, पुरस्कारः रु १०००० मेडल, ट्रफी र प्रमाणपत्र
जुरीः प्रभु नारायण शिवाकोटी र दिक्षा खतिवडा
जजः नविना ढकाल, श्याम श्रेष्ठ, संझना राई, अजय कुमर र भिम बहादुर बुढाथोकी
मार्सलः रविन्द्र राज भण्डारी
बारा । बाराको निजगढ नगरपालिका डोरीतान संघद्वारा आयोजित डोरीतान नगर स्तरिय प्रतियोगितामा पुरुष टोलि निजगढ वडा नम्बर पुरुष ५ र महिला टोलि वडा नम्बर ९ प्रथम भएको छ ।
उक्त प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन भने संघका सचीव अजय कुमरले गरेको हो । संघले निजगढ ८ गौरीशंकर माद्यामिक विद्यालयमा सो खेलको आयोजनाका थिए । निजगढ नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सोही विद्यालयका व्यवस्थापक अध्यक्ष रविकुमार वर्तौलाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि मधेश प्रदेश सदस्य मिना कुमारी लामा रहेकी थिइन । सम्पन्न उक्त प्रतियोगितामा प्रथम हुने टोलिले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको संघका सचीव कुमरले बताएको छ । त्यस्तै दोश्रो हुने टोले भने ८ हजार नगदसहित प्रमाणपत्र मेड्ल प्राप्त गरेका थिए ।


