2078-09-09 दोश्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता तथा इन्डो नेपाल मैत्रीपूर्ण खेल प्रतियोगिता सम्पन्न

कपिलवस्तु जिल्ला डोरीतान संघले पुस ९ ,२०७८ मा कृष्णनगर नगरपालिका-८ बहादुरगन्जमा आयोजना गरेको दोश्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता मा पुरुष ६०० किलो समुहमा प्रथम महाराजगन्ज नगरपालिका , दोश्रो मायादेवी गाउपालिका र तेस्रो बुद्धभुमि नगरपालिका तथा महिला ५०० किलो तौल समुहमा प्रथम बाणगङ्गा नगरपालिका, दोस्रो बिजयनगर गाउँपालिका र तेस्रो शुद्दोधन गाउँपालिका भएका छन ।

जिल्लाका १७ टिम सहभागी खेलको उद्घाटन नगर प्रमुख श्रद्धय दाजु श्री रजत प्रताप शाह ज्यु ले गर्नु भएको कार्यक्रममा भारतको मुम्बईबाट आएको एकल्ब्य क्लबका दुई टिम र कपिलवस्तु जिल्ला प्रथम टिम बिच मित्रतापुर्ण खेल समेत भएको थियो ।खेल भब्य रुपले सम्पन्न भएको थियो ।