Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.
With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.
2075-10-18
01 Feb, 2019
सुनसरी जिल्ला डोरीतान संघकाे प्रथम जिल्ला अधिवेशन मिति २०७५ साल माघ १८ गते सम्पन्न भएको थियो । प्रथम जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो ।
7 March 2018
२०७४ फाल्गुन २३ गते सुनसरीको
जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगितामा महेन्द्र मेमाेरियलकाे जित
तानडोरी संघ सुनसरी द्वारा आयोजना गरेको जिल्ल स्तरिय तान डोरि प्रतियोगिता संघका अध्यक्ष निश्चल राज शाक्य को अध्यक्षता र दुहबी नगरपालिकाका मेयर बेद गच्छदारको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगिता मा संघ का केन्द्रीय उपाध्यक्ष डा. सुवस श्री पोख्रेलको बिशिस्ट आतिथ्य रहेको थियो
2018-02-23
२०७४ फाल्गुन ११ दुहबी सुनसरी
तानडोरी संघ नेपाल सुनसरी जिल्ला तदर्थ समितिका अध्यक्ष निश्चल राज शाक्यको अध्यक्षतामा र संघका केन्द्रिय उपाध्यक्ष डा सुवास श्री पोख्रेल केन्द्रिय सदस्य रुन्जु सिग्देल र मोरङ जिल्ला उपाध्यक्ष अशोक कुमार चौधरी को आमन्त्रित आतिथ्य मा बसेको बैठकले फाल्गुन २३ गते बुधवार बिधालय जिल्ला स्तरीय तानडोरी च्याम्पियन सीप खेल दुहबी रंगशालामा खेलाउने निर्णय गरिएको छ।
Date: 2074-11-05 (17 Feb 2018)

सुनसरी । नेपाल तानडोरी संघ सुनसरी जिल्ला तदर्थ समितिको गठन गरिएको छ । नेपाल तानडोरी संघको केन्द्रिय उपाध्यक्ष डा. सुवास श्री पोख्रेलको प्रमुख आतिथ्यतामा भएको समारोहले निश्चल राज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा उपाध्यक्ष , रमेश बाबू थापा,सचीव पुरुषोतम शर्मा, सहसचिव युव राज चौधरी ,कोषाध्यक्ष, पुर्णिमा प्याकुरेल सदस्यहरुमा अशोक कुमार चौधरी , सोनम लिम्बु, सुश्री सृजना शर्मा, सुश्री लक्ष्मि बराल, तिलक भुजेल, सुश्री पुजा चौधरी , कृष्ण तमाङ , पुकार पोख्रेल, चन्द्रराज बस्नेत ,सुभाष भट्टराई लगायत रहेका छन् ।
समारोहमा तानडोरी संघका केन्द्रिय उपाध्यक्ष डा. पोख्रेलले यो खेलले युवा, समाज, राष्ट्र र विश्व सामु साकारात्मक सम्बन्ध हुने र तन्दुरुस्त मस्तिष्कको बिकाश र बन्धुत्वको बिकाश हुने जानकारी दिदै नर्व निर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
