Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.
With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.
मिति २०७८/०४/०२ गते प्रदेश नम्बर १ डोरीतान संघका १४ वटा जिल्ला संघहरुका पदाधिकारीहरु , सात प्रदेशका प्रतिनिधिहरु र केन्द्रिय पदाधिकारीहरु माझ परिचयात्मक तथा डोरीतान अभिमुखिकरण तालीम भर्चुअल ( ZOOM ) मार्फत सम्पन्न गरियो। प्रदेश १ का अध्यक्ष श्री रीता न्याैपाने ज्यूले अध्यक्षता गर्नु भएको कार्यक्रममा प्रशिक्षण सचिव श्री युवराज चाैधरीज्यूले गर्नु भएको थियो ।
काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।
दुहबी/ सुनसरीको दुहवीमा सम्पन्न तेश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान च्याम्पीयनसिपको उपाधी एक नम्बर प्रदेश टोलिको पोल्टामा परेको छ। भारतको पटनालाई पराजित गर्दै एक नम्बर प्रदेशले उपाधी चुमेको हो।
गत बर्षको बिजेता टोलि भारतको पटनालाई पराजित गर्दै एक नम्बर प्रदेशले हारको बदला लिदैं उपाधी चुमेको हो।
विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता भेट्वाल, सचीवमा युवराज चौधरी र कोषाध्यक्षमा राज कट्टेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अनिल राई, साक्षी न्यौपाने, शिखर श्रेष्ठ, युवराज प्रधान ,सन्तोष तामाङ, सुनिता कार्की, राजकुमार रोक्का र पवन गुरुङ चयन भएको नेपाल डोरी तान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रदेशभरीका डोरी तान खेलाडीहरुको सहभागितामा संघको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मनमोहन प्राविधिक बिश्व बिधालय प्रमुख तथा नेपाल डोरी तान संघका केन्द्रिय उपाध्यक्ष डा. सुवाष श्री पोख्रेल, डोरी तान संघिका केन्द्रीय सदस्य, अशोक चौधरी , युबराज चौधरी, मकर बुढाथोकी ,कोषराज न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कोचिला एफएम, दुहबी २३ गते ।
सुनसरीको दुहबीमा भएको दोस्रो मनमोहन अन्तर्रा्ष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पीयनसिप प्रतियोगिता २०७६ को उपाधि भारतको पटनाले जितहात पारेका छन् । कोरोना भाइरसको प्रकोपका कारण २ दिन सम्म हुने भएको खेल आयोजकले १ दिन मै खेलको नतिजा ल्याएको मुख्य आयोजक सुनसरी जिल्ला डोरीतान सँघका अध्यक्ष निश्चलराज शाक्यले बताए ।
