Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.
With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.
२०७६।०५।२९
15 Sept 2019
थाईल्याण्डमा सम्पन्न १४औं एसियाली डोरीतान प्रतियोगितामा नेपालले एसियाली वर्गमा आठौं र दक्षिण एसियाली वर्गमा दाेस्राे स्थान हात पार्न सफल भएको छ । दक्षिण एसियाली वर्गको फाइनल खेलमा श्रीलंकासँग पराजित भएको नेपालको राष्ट्रिय टोलीले दोस्रो स्थानको पदक स्वरुप कप मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहेको थियो ।
12 Sept 2019
2076-05-26
सुनसरी जिल्ला डाेरीतान संघकाे संयाेजनमा भाद्र २८ र २९ गते थाइल्याण्डकाे अायुथयामा हुने १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले काठमाण्डाैमा एक कार्यक्रम बीच बिदाइ गरेकाे छ । नेपाल डाेरीतान संघका अध्यक्ष श्री भवानी पाैडेलज्यूले साे कार्यक्रममा खेलाडीहरूलाइ शुभकामना दिदैं यस खेल मार्फत देशकाे नाम चिनाउन सकिने धारणा राख्नु भयाे ।
11 Sept 2019
2076-05-25
सुनसरी जिल्ला डोरीतान संघको संयोजन तथा नेपाल डोरीतान संघको नेतृत्वमा थाईल्याण्डमा यहि सेप्टेम्वर 14 र 15 मा हुन लागेको 14 औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई मोरंग जिल्ला डोरीतान संघले शुभकामना तथा बिदाई कार्यक्रम मार्फत बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जीवन घिमिरे ज्यूले टिमलाई नेपालको झण्डा हस्तान्तरण गर्दै शुभकामना तथा हौसला प्रदान गर्नु भएको थियो ।
18 Aug 2019
2076-05-01
दुहवी नगर डोरीतान समिति र दुहवी जेसीजको संयुक्त आयोजनामा आज मिति २०७६ साल भाद्र १ गते दुहवी रंगशालामा दुहवी नगरपालिका भरिका बिद्यालय स्तरीय डोरीतान खेल प्रतियोगिता सञ्चालन गरेको छ ।
बिजेता - माउण्ट मनास्लु इंग्लिस स्कुल
उपविजेता - महेन्द्र मेमोरियल एकेडेमी
8 June 2019
2076-02-25
माेरंग जिल्ला डाेरीतान संघकाे संयाेजन र प्रदेश १ सरकारकाे अायाेजनामा प्रदेश १ स्तरीय डाेरीतान प्रतियाेगिता माेरंग जिल्लाकाे बुढीगंगा गाउँपालिकाकाे टंकीसिनवारीमा सम्पन्न भएकाे छ । मिति २०७६-०२-२५ मा सञ्चालित प्रथम प्रदेश १ स्तरीय डोरीतान प्रतियोगिताको बिजेता टिम मोरंग जिल्ला, उपबिजेता टिम भोजपुर जिल्ला तथा तेस्रो झापा जिल्ला हुन सफल भएकाे छ । सुनसरी जिल्ला डाेरीतान संघले काेच सन्ताेष तामांगकाे नेतृत्वमा लगेकाे टिम चाैथाे भएकाे थियाे ।
