Nepal Tug of War Association (NTWA)

Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.

With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.

News

16 Nov 2019
३० कार्तिक 2076 , विराटनगर ।
विराटनगरमा जिल्ला स्तरिय डोरीतान प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न भएको छ । विराटनगर डोरीतान समितिले आयोजना गरेको उक्त प्रतियोगिताको मजा लिन शहिद रंगशालामा शनिबार दिउँसो दर्शकहरुको राम्रै उपस्थिति थियो । विराटनगरमा यस मौलिकता बोकेको डोरीतान खेलको व्यवसायिक रुपमा संचालन गर्न सकिने आजको यस प्रतियोगिताको थालनीबाट प्रष्टिएको छ।

Read More: 2076-07-30 Tug of War Corporate Competition at Biratnagar

२०७६।०७।२३
9 Nov 2019

Training related to Tug of War was conducted in Smriti School, Budhiganga, Morang. Most of the Tug of War Municipality Committees of Morang district were present for the training. Er. Yubraj Chaudhary, Secretary of Sunsari District Tug of War Association, also the international player from Nepal facilitated the training.

Read More: 2076-07-23 Tug of War Training at Morang

२०७६।०६।१२
29 Sept 2019

सुनसरी जिल्ला डोरीतान संघको संयोजनाम थाइल्याण्डको आयुथयामा सम्पन्न १४ औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिएर फर्केको टोलीलाई मोरङ जिल्ला डोरीतान संघले सम्मान गरेकाे छ । मनमाेहन स्मृति भवनमा आयोजित सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मोरङ जिल्ला डोरीतान संघकी अध्यक्ष श्री रीता न्यौपानेले टोलीलाई ए‍सियाली वर्गमा आठौं र दक्षिण एसियाली वर्गमा दोस्रो स्थान हासिल गरेकोमा बधाई दिनुभयो ।

Read More: 2076-06-12 एसियाली डोरीतान प्रतियोगितामा भाग लिएर फर्केको टोलीलाई सम्मान

काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा खेल भएको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएको टग अफ वार (नेपाल डोरी तान संघ) पछिल्लो एक वर्षदेखि चलायमान भएको छ ।

उसले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा इन्डो नेपाल टग अफ वार प्रतियोगिता र थाईल्याण्डमा जारी १४ औं एशियन इन्डोर टग अफ वार प्रतियोगितामा सहभागिता जनाएको छ ।


मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगिताको प्रथम विजेता पुरुषतर्फ प्रदेश नम्बर ३ र महिला तर्फ पनि प्रदेश ३ नै बिजेता भएको छ भने दितीयमा पुरुषतर्फ प्रदेश २ र महिलातर्फ प्रदेश ५ बिजेता भएका छन् । तेस्रो हुने पुरुषतर्फ प्रदेश ७ सुदूरपश्चिम र महिला तर्फपनि प्रदेश ७ कै बिजेता बनेका छन् । प्रथम ,दितीय र तृतीय सबै खेलाडीले प्रमाणपत्र मेडल सहित शिल पाएका छन् ।

कार्यक्रममा उद्घाटन पूर्वमन्त्री शेरबहादुर तामांगले गरेका थिए भने समापन समारोह रा.खे .प.का सदस्य सचिब रमेशकुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोहि कार्यक्रममा हिसानका बरिष्ठ उपाध्यक्ष तथा हिसानका कार्यसमिति सदस्य ,
रा.खे .प.का सदस्य ,हिसानका काठमाण्डौ जिल्ला अध्यक्ष सहित कार्यसमिति सदस्य,पत्रकार ,समाजसेबी ब्यबसायी शिक्षाविद सबैको बाक्लो उपस्थिति रहेको थियो।

२०७६।०५।३०
16 Sept 2019
काठमाडौको किर्तिपुर स्थित ल्याब्रोटरी खेल मैदानमा हुन गईरहेको "प्रथम राष्ट्रिय डोरी तान प्रतियोगिता-२०७६ " को पुर्ब सन्ध्यामा पत्रकार मित्रहरुसँग खेलको जानकारी गराउँने उद्धेश्यद्वारा पत्रकार सम्मेलनगरिएको छ ।

71203576 726583874431499 4367563345792860160 n

70237079 726583641098189 4932888158430822400 n

70610450 726583307764889 464889287343603712 n

70826196 726582964431590 4828968100399415296 n

 

UPCOMING EVENTS

1.jpg